सरकारको आलोचना जारी
दीपक धिताल, काठमाडौं ।
काँग्रेस संसदिय दलको बैठकमा धारणा राख्ने सभासदहरुले आज पनि सरकारको आलोचना गरेका छन । नयाँ बानेश्वरमा बसेको आजको बैठकमा भुकम्पपछि उत्पन्न परिस्थिति र सरकारको कामकारवाहीबारे धारणा राख्दै सभासदहरुले सरकारले जनताको पीडालाई सम्बोधन गर्न नसकेकोमा आक्रोस ब्यक्त गरे ।
पीडितहरुको माग यथोचित सम्बोधन गर्न नसकेकोमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोईरालाको आलोचना गर्दै उनिहरुले त्रिपाल समेत दिन नसक्ने सरकारले घर निर्माणका लागि दुइ लाख रुपैया दिने कुरा कार्यान्वयन हुनेका आशंका ब्यक्त गरेका थिए ।
भुकम्प प्रभावित जिल्लाहरुमा पार्टीका सांसदहरुको परिचालन, राहत, उद्धार तथ पुनस्थापनामा पार्टीको भूमिका तथा संसदमा छलफलका क्रममा रहेको संकल्प प्रस्ताव सम्बन्धमा सुझाव दिन कँग्रेसले संसदीय दलको बैठक बोलाएपनि बैठक सरकारको आलोचनामा केन्द्रित हुन पुग्यो । हिजो बोल्ने अधिकांश सभासद्ले पनि सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए ।