भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८,०४६ पुग्यो
काठमाडौं, २८ बैशाख ।
वैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार ४६ पुगेको छ । आज विहान सवा आठ बजे सम्मको जानकारी अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ५१ पुगेको नेपाल प्रहरिले जनाएको छ ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय १७, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५ हजार ८ सय ५५, पश्चिम क्षेत्रमा ४ सय १९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा दश हजार ७ सय सत्र, पुर्व क्षेत्रमा ३ सय २५, मध्य क्षेत्रमा ५ हजार ५ सय ३९, पश्चिम क्षेत्रमा १ हजार १ सय ८९, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ । यसैगरी नुवाकोटमा एक हजार, धादिङमा सात सय १९, रसुवामा पाँच सय त्रिचालिस, भक्तपुरमा ती सय १९, काभ्रेमा तीन सय सत्र, ललितपुरमा एक सय ७६ को मृत्यु भएको छ ।