फिलिपिन्समा शक्तिशाली आँधी
बैशाख २८, एजेन्सी ।
फिलिपिन्सको उत्तर पूर्वी क्षेत्रमा रहेको कागायान प्रान्तमा शक्तिशाली आँधीहुरी आएपछि जनजीवन अस्तब्यस्त बनेको छ । आँधीहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने अधिकांश भागमा विद्युत कटौती भएको छ । बाढी तथा भूस्खलनको चेतावनीसहित हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको त्यहाँका अधिकारीहरुलाई उदृत गर्दै विविसिले जनाएको छ ।
यस वर्ष आएका विभिन्न आँधीको चपेटामा नाउल परेको छ । २ सय २० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको सो आँधी भोलिसम्ममा ताइवान र जापान पुग्ने अधिकारीहरुको भनाइ छ । दुई वर्ष अघि आएको आँधीहुरीका कारण सात हजार जनाको मृत्यु भएको थियो ।