Live Streaming

तमिलनाडुकी पूर्वमुख्यमंत्री ललितामाथिकोे भ्रष्टचार मुद्दाको फैसला हुदै

बैशाख २८, एजेन्सी ।  
तमिलनाडुकी पूर्व मुख्यमंत्री जे जयललिता विरुद्धको भ्रष्टाचार मुद्धामा कर्नाटक उच्च अदालतले आज फैसला सुनाउने भएको छ । फैसलाले त्यहाँको राजनीतिमाथि दूरगामी असर पुग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । जयललिताका समर्थकहरुले विरोध प्रदर्शन गर्ने भन्दै सुरक्षा व्यवसथामा कडाइ गरिएको समाचारमा जनाइएको छ ।  कुनै पनि किसिमको अप्रिय घटना हुन नदिने भारतीय प्रहरीको दावी छ ।  बेंगलुरुमा अदालत वरपर निधेधाज्ञा जारी गरिएको छ । सेसन कोर्टले जय ललितासँग आयभन्दा धेरै सम्पत्ति रहेका भन्दै गत वर्षको २७ डिसेृम्बरमा दोषी ठहर गरेको थियो । जय ललिताले अनुचित तरिकाले ५४ करोड रुपैयाँ कमाएको आरोप लगाइएको छ ।