Live Streaming

संकल्प प्रस्तावमाथि आजपनि छलफल हुने

काठमाडौं, २८ बैशाख ।
ब्यवस्थापिका संसदमा आज पनि साझा संकल्प प्रस्तावमाथि सभासद्हरुले बोल्ने क्रम जारी रहनेछ । बिनाशकारी महाभुकम्पपछि उत्पन्न परिस्थिति, पीडितहरुका लागि राहत, पुननस्थापना र पुर्ननिर्माण लगायत बिषयमा समेटी दलहरुले गत शनिवार २७ बुँदे साझा संकल्प प्रस्ताव संसदमा प्रस्तुत गरेका हुन् । संसदको बैठक  बिहान ११ बजेका लागि बोलाईएको छ ।

सभामुख सुवास नेम्बाङ्गले प्रस्तावमाथि आजसम्मको समयसीमा निर्धारण गर्नुभएपनि सभासद्हरुको बोल्नेक्रम जारी रहेकाले प्रस्ताव आजै पारित हुने सम्भावना न्युन रहेको संसद सचिवालयले जनाएको छ । सदनले संकल्प प्रस्ताव पारित गरेपछि सरकार÷ कार्यान्वयनका लागि बाध्य हुनेछ । छलफलको दोस्रो दिन हिजोसम्म प्रस्ताव र समर्थक समेत गरी करिब एक सय जना सभासद्ले आफ्नो धारणा राखिसकेका छन् ।
प्रस्तावमाथि बोल्ने अधिकांश सभासद्ले प्रस्ताव कार्यान्वयनमा शंका ब्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।


यसैबीच, पछिल्लो समय भुकम्पपछिको अवस्थामा आफ्नो छलफल केन्द्रित गरेका केही संसदीय समितिहरुको बैठक आज पनि बस्दैछ । महिला बालबालीका, अर्थ र वातावरण समितिको छुट्टाछुट्टै बैठक बस्न लागेको हो ।