काँग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं, २८ बैशाख ।
काँग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा जारी छ । बैठकमा भुकम्पपछि उत्पन्न परिस्थिति र सरकारको कामकारवाहीबारे सभासद्हरुले धारणा राखिरहेका छन् ।
भुकम्प प्रभावित जिल्लाहरुमा पार्टीका सांसदहरुको परिचालन, राहत, उद्धार तथ पुनस्थापनामा पार्टीको भूमिका तथा संसदमा छलफलका क्रममा रहेको संकल्प प्रस्ताव सम्बन्धमा सुझाव दिन कँग्रेसले संसदीय दलको बैठक बोलाएपनि सरकारको आलोचनामा केन्द्रित भएको छ । हिजो बोल्ने अधिकांश सभासद्ले सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री सुशील कोईरालाको चर्को आलोचना गरेका थिए । पार्टी सरकारमा भएपनि भुकम्प पिडितका पक्षमा यथोचित राहत र उद्धार हुन नसकेको गुनासो गरेका थिए ।