चटयाङ लागेर बालिकाको मृत्यु
क्रान्ति साह, वीरगञ्ज ।
बाराको सिम्रौनगढमा चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।
हावाहुरी र पानीसंगै गएराती परेको चटयाङ लागेर सिम्रौनगढ नगरपालिका निवासी रामबहादुर मुखियाकी ११ वर्षिया छोरी लालती कुमारीको मृत्यु भएको हो । घरमै सुतीरहेका बेला राति १० बजे तिर परेको चटयाङ लागेर लालतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चटयाङ लागेर उनका भाइ ६ वर्षिय सरोज कुमार बिन घाइते भएका छन् । उनको स्यानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।