भुकम्प पीडितलाई कैदीको राहत
तोयानाथ भट्टराई, इलाम ।
जिल्ला कारागार इलामका कैदी बन्दीले आफुले पाउने सिदाबाट काटेर भुकम्प पीडितलाई १५ हजार ९७५ रुपयाँ राहत पठाएका छन् । कैदिले पाउने दैनिक ४५ रुपयाँ नगद र सात सय ग्राम चामलबाट बचाएर आइतबार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सो रकम पठाएको जेलर दुर्गा दुलालले जानकारी दिए । इलाममा ६ नावालक , ३२ महिला सहित ३३० जना कैदी रहेका छन् । एक कैदी बन्दीले भने ‘राष्ट्रिय विपतीको बेला टुलुटुलु हेरेर बस्न सकेनौ हातमा जे छ त्यही सहयोग ग¥यौ ।’
इलामको नामसालिङ सामुदायिक विकास केन्द्रको टोली राहत सामाग्री सहित भुकम्प प्रवावित क्षेत्रमा पुगेको छ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पले गरेको विनास तथा त्यसबाट भएको मावनीय तथा भौतिक क्षति बाट प्रभावितहरुलाई राहत सामाग्री लिएर केन्द्रको टोली धादिङ र दोलखाका गाविसहरुमा पुगेको हो । संस्थाको आफ्नो कार्यक्षेत्रको रुपमा रहेको धादिङको महादेवस्थान, पिडा गाविस तथा दोलखा जिल्लाको खोपाचागँु, चिलङ्खा र विगु गाविसमा राहत सामग्री तथा उद्धार टोली पुगेको हो ।
संस्थाले संस्थागत सहयोग स्वरुप तत्काल रहातकाका लागि धादिङ जिल्लामा चार लाख तथा दोलखा जिल्लामा पाँच लाख बराबरको एकहजार थान त्रिपाल समेत सहयोग गरेको छ । राहत सामाग्रीमा त्रिपाल सहित तयारी खाद्य सामाग्री सय केजी, बालबालिका, सुत्केरी र विरामीहरुको लागि पोषण सामाग्री २०० केजी, प्राथमिक उपचार सामाग्री र बालबालिकाहरुको लागि न्यानो कपढा ३०० मिटर सहयोग गरेको जनाएको छ । राहत वितरण टोलीमा संस्थाका जनस्वाथ्य प्राविधिक, व्यक्तिगत सरसफाई प्राविधिक र ईञ्जिनियर लगायतका १० जनाको टोली परिचालन गरिएको केन्द्रका विनोद निरौलाले जानकारी दिए ।
प्रभावित क्षेत्रहरुमा राहत सामग्री वितरणमा पारदर्शीता र दोहोरपना न्यूनिकरण गर्नका लागि सम्बन्धित जिल्ला स्थित दैवीप्रकोप उद्धार समिति र स्थानीय गाउँविकास समितिको सर्वदलीय संयन्त्रसँगको समन्वयमा उक्त सामाग्री वितरण भईरहेको निरौलाको भनाई छ । उक्त प्रभावित क्षेत्रमा त्रिपालको माग अत्यधिक रहेको र आपूर्ति सिमितमात्र रहेकोले र नेपाली बजारमा समेत अभाव भएकोले समस्या रहेको जनाईएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय इलाममा बुधबार देखी उनीहरुले राहत रकम जम्मा गर्न थालेका हुन । नेपाल सरकार अन्तर्गत सचिवस्तरिय निर्णय अनुसार, विशिष्ट श्रेणीका अधिकृतहरुले १५ दिनको तलव राजपत्राङ्कित प्रथम र द्धितीय श्रेणीका अधिकृतहरुले १० दिनको तलव र अन्य कर्मचारीले पाँच दिनको तलवे रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा धमाधम जम्मा गर्न थालेका हुन । राहत स्वारुप कोलेनीका कार्यालयका कर्मचारीबाट रु ३३ हजार ८ सय १ रुयैयाँ ६१ पैसा जम्मा गरिएको इलामका प्रमुख कोष नियन्त्रक भेषप्रसाद भूर्तेलले जानकारी दीए । कसैले स्वेच्छाले बढि रकम राहतका लागि उपलव्ध गराएमा पनि त्यस्तो रकम जम्मा गर्न सकिने उनले जानकारी दिए ।