मास्टर्स टेनिसको उपाधि मुरेलाई
बैशाख २८, एजेन्सी ।
बेलायती एण्डी मुरेले पहिलो पटक मड्रिड मास्टर्स टेनिसको उपाधि जितेका छन् । स्पेनी राफेल नाडाललाई पराजित गर्दै मुरेले पहिलो पटक मास्टर्स टेनिसको उपाधि उचालेका हुन् । क्ले कोर्टमा नाडाललाई पराजित गरेको पनि यो उनको पहिलो पटक हो । खेल अवधिभर हावी भएका मुरेले नाडालमाथि ६–३ र ६–२ को सहज जित दर्ता गरे ।
महिला एकल तर्फको उपाधि भने चेकरिपब्लिककी पेत्रो भिटोभाले जितेकी छन् । रसियन स्वेत्लाना कुज्नेत्सोभालाई ६–१ र ६–२ ले पराजित गर्दै भिटोभाले दोस्रो पटक मास्टर्स टेनिसको उपाधि जितेकी हुन् । विम्बल्डन च्याम्पियन भिटोभाले सेमिफाईनलमा शीर्ष बरियाताकी सेरेना विलिएम्सको २७ खेल लामो अपराजित यात्रामा पूर्ण बिराम लगाउदै फाईनलमा स्थान बनाएकी थिईन् । कुज्नेत्सोभाले भने आफ्नै देशकी मारिया सारापोभालाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएकी थिईन् ।