Live Streaming

अर्थले राहत वितरणको विवरण माग्यो

काठमाडौं, २७ बैशाख ।
व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिले भुकम्पबाट प्रभावित जिल्लाहरुलाई प्राथमिकतामा राखेर उद्धार र राहात बितरण गर्न सरकारलाई निर्देशन दिएको छ ।


समिति सभापति प्रकाश ज्वालाको अध्यक्षतामा आज बसेको बैठकले प्रभावित क्षेत्रलाई प्राथमिकतामा नराखी रकम विनियोजन भएको भन्दै गृहको ध्यानाकर्षण गराएको हो । बैठकले हालसम्म भएको रकमको यथार्थ विवरण समितिमा प्रस्तुत गर्न समेत गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

भुकम्प प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रुपमा उद्धार तथा राहात बितरण गर्न नसकेको गुनासो आई रहेका बेला समितिले यस्तो निर्देशन दिएको हो ।