Live Streaming

गृहमन्त्रालयद्धारा दोस्रो किस्ताको राहत रकम निकासा

दिनेश गौतम, काठमाडौं । गृह मन्त्रालयले दोस्रो निकासा अन्तर्गतको राहत रकम भुकम्पले कम प्रभावित १३ जिल्लामा पठाएको छ । दोस्रो पटक मागिएको ५ करोड मध्य सरकारले थोरै थोरै गरेर रकम उपलब्ध गराएको र त्यो कम राहत दिए पनि हुने जिल्लाहरुमा पठाइएको मन्त्रालयले जनाएको छ ।  राहात पाउने जिल्लामा दोलखा, रामेछाप, पाल्पा, लमजुङ्ग, तनहुँ, सोलुखुम्बु, चितवन, मनाङ्ग, पर्वत, धनकुटा, रुकुम, म्याग्दी र ओखलढुङ्गा छन् । गृहमन्त्रालयले बिज्ञप्ति जारी गरी रामेछापमा ७ करोड, दोलखामा ५ करोड र  ओखलढुङ्गामा २ करोड राहत पठाएको जनाएको छ । यस्तै पाल्पा, लमजुङ, तनहुँ र सोलुखुम्बुमा १–१ करोड, चितवन र पर्वतमा ५०–५० लाख, धनकुटामा १५ लाख तथा मनाङ, रुकुम र म्याग्दीमा ५–५ लाख राहात रकम पठाएको गृहले जनाएको छ । विनियोजित रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि खर्च गरिने गृहको भनाई छ । 
गृहमन्त्रालयका अनुसार, एकैचोटी धेरै रकम आयो भने बढी प्रभावित जिल्लाहरुमा पठाउने तयारी उसको छ । 
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रारम्भिक रुपमा १३ जिल्ला छनौट गरी रकम पठाईएको बताउदै थप रकम निकासा हुनेबित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने जानकारी दिनुभयो । रकम वितरण न्यायोचित तवरले गरिने उहाँको भनाई थियो ।