जनताको असन्तुष्टि तत्काल सम्बोधन हुनु जरुरी : प्रधानमन्त्री कोईराला
काडमाठौं, २७ बैशाख ।
प्रधानमन्त्री सुशील कोईरालाले भुकम्पपछि सरकारप्रति जनताको असन्तुष्टि तिब्र भएकाले तत्काल सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ । कँग्रेस संसदीय दलको आज बिहान बसेको बैठकमा सो पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री कोईरालाले राहत तथा उद्धारका लागि सरकारको उपस्थिति कमजोर बनेको भन्ने जनताको भावना तत्काल अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो । भुकम्पपछि उत्पन्न परिस्थितिको सामनाका लागि सरकारसँग अनुभव नभएकाले सम्हालिन केही समय लागेको उहाँको भनाई थियो ।
बैठकमा उपसभापति रामचन्द्र पौडेलले अल्पकालीन र दीर्घकालीन योजना बनाई रातह तथा पुनस्थापनालाई अगाडि बढउनुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक, घाइते तथा बिस्थापितहरुको यकिन तथ्याङ्क आउन नसकेको प्रति चिन्ता ब्यक्त गर्दै पौडेलले यकिन विवरण तत्काल संकलन गर्न आग्रह गर्नुभयो ।
आजको बैठकमा बोल्दै प्रकाशसरण महत, रामहरी खतिवडा, मदन अमात्य लगायत १५ सभासद्ले पीडितहरुका लागि राहत तथा पुनस्थापनामा गंभिर भएर लाग्न सरकारलाई सुझाव दिएका थिए । सदनमा प्रस्तुत भएको संकल्प प्रस्ताव र भुकम्प पीडितहरुको पुनस्थापना सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्न सुरु संसदीय दलको बैठक भोली पनि बस्ने सभासद् खतिवडाले जानकारी दिनुभयो ।