टर्कीका पूर्व राष्ट्रपति एभ्रनको निधन
बैशाख २७, एजेन्सी ।
टर्कीका पूर्व राष्ट्रपति केनन एभ्रनको ९७ वर्षको उमेरमा निधन भएको छ । सन १९८० को सेप्टेम्बरमा सैनिक कूको नेतृत्व गरेका एभ्रन १९८९ सम्म टर्कीको राष्ट्रपति बनेका थिए ।
सैन्य कू का बेला ६ लाख मानिसहरुलाई नियन्त्रणमा लिइएको थियो भने पचास जनालाई फाँसीको सजाय दिइएको थियो । तीन वर्षअघि देखि नै अस्वस्थ बनेका उनको अंकारास्थित अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
जीवनको अन्तिम सम्म पनि सैनिक शासनका प्रतीकका रुपमा एभ्रन महत्वपूर्ण व्यक्तित्वका रुपमा रहेपनि धेरै मानिसले भने उनको मृत्युबारे दुखमनाउ नगरेको समाचारमा उल्लेख गरिएको छ ।