Live Streaming

कश्मिरमा सुरक्षाबलमाथि ग्रेनेड प्रहार

बैशाख २७, एजेन्सी ।
भारत प्रशासित कश्मीरमा प्रहरी तथा अर्ध सैनिक बल बोकेको सवारी साधनमाथि ग्रेनेड आक्रमण भएको छ । आक्रमणमा १२ जना घाईते भएका छन् । भारतको श्रीनगरबाट ५६ किलोमिटर टाढा रहेको सोपियाबाट स्थानीय अदालततर्फ प्रहरी तथा अर्ध सैनिक बल बोकेको सवारी साधनमाथि ग्रेनेड प्रहार भएको हो ।  गत वर्षको बाढीपछि बिस्तारै कश्मिरको अवस्था सामान्य उन्मुख भईरहँदा भएको पछिल्लो आक्रमणले वातावरण बिग्रिएको भारतीय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।


यसैबीच भारतको छत्तीसगढमा माओवादीले अपहरण गरेका दुई सय पचास ग्रामीण नागरिक अपहरणमुक्त भएका छन् । तर एक जना सदाराम नागको भने माओवादीले हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । शुक्रबार अबेर राती अपहरित ती नागरिकलाई हिजो माओवादी जनअदालतको रोहवरमा रिहा गरेको समाचारमा जनाइएको छ ।