Live Streaming

सुनसान छ सुनौलाबजार

मनिष दुवाडी, धादिङ  निलकण्ठ नगरपालिकाको बडा न. ५ सुनौलाबजार । वि. सं २०३३ सालमा धादिङबेँसीमा सदरमुकाम नसरेको भए अहिले यो ठाउमा छुट्टै चहल पहल हुन्थ्यो होला । यसै त सदरमुकाम सरेपछि सुनसान बनेको सुनौलाबजार त्यहीमाथि गत बैशाख १२ गते आएको विनाशकारी महाभुकम्प पछि सन्नाटा नै छाएको छ । सुनौलावजार कुसुण्डे टोलमा रहेको एउटा पनि घर ठाडो अवस्थामा देखिदैन । करिव ४६ घरधुरीरहेको कुसुण्डे टोलका अधिकाँश घरहरु भग्नावशेषमा परिणत भएका छन भने त्यहाँका स्थानियहरुको बारीको पाटामा त्रिपालुमुनी बास रहेको छ । मानविय क्षतिका हिसाबले २ जनाको मृत्यु भएको सुनौलाबजार क्षेत्रका बासिन्दाहरु नगरपालिकाले अहिलेसम्म स्थानियहरुलाइ त्रिपाल पु¥याउन नसक्दा आक्रोशित भएका छन । नीलकण्ठ ४ कुसुण्डेका हरि श्रेष्ठले भने, ‘महाभुकम्पमा परी मान्छे मरेर काजक्रिया पनि सकिइसक्यो नगरपालिका ले त्रिपाल पु¥याउन सक्दैन । जसोतसो रेडक्रसबाट तत्काल एउटा त्रिपाल लिन सकियो र त्यही त्रिपालमुनी काजक्रिया गरेका छन ।’

कुसुण्डेको ठकुरी टोलमा रहेकी कुमारी खाँणको घर पुर्ण रुपमा भत्किएपछि विजोग भएको छ । १७ वर्षकी बुहारी प्रिति खानठकुरी गर्भवती रहेको र घरका खानेकुराहरु सवै पुरिएपछि छर–छिमेकसंग सरसापट गरेर छाक टारिरहेको कुमारीले बताइन । कारुणिक स्वरमा खानले भनिन, ‘बुहारी गर्भवती भएकी छे भएको घर पनि भत्कियो, खानेकुरा पनि घर भत्किर सवै पुरियो, बुहारीलाइ झन पोसिलो खानेकुरा खुवाउने बेलामा घर भत्किएर अन्नपातै सवै पुरियो ।’
महाभुकम्पमा परेर सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान शमशेर नेपालीको मृत्यु भएको ५ दिनसम्म पनि परिवारलाइ खवर पुगेन । नीलकण्ठ ५ कै रामबहादुर श्रेष्ठले भने, ‘अहिले यो ठाउँ सवै क्षेत्रबाट उपेक्षित भएको छ । सदरमुकाम सरेपछि हेलाँमा परेको यो क्षेत्रमा यत्रो महाविपत्तीमा पनि कसैले बास्ता गरेन । एउटा प्रहरी जवान वितेको खवर त पु¥याउन ५ दिन लाग्यो भने यो ठाउँका मान्छेले राहत पाउने कहिले ?’ बाहिरी जिल्लाका साथीहरुसंगको सम्पर्क मार्फत पनि केही दानविरहरुको सहयोगमा अति विपन्न परिवारलाइ थोरै भएपनि खाद्यान्न र एक थान त्रिपाल उपलब्ध गराइएको श्रेष्ठले बताए ।

जिल्ला दैवि प्रकोप उद्धार समितिले दुर्गममा मात्रै राहत र उद्धारकार्य केन्द्रित गराइरहदा सदरमुकामबाट २५÷३० किलोमिटर परको पुरानो सदरमुकाम क्षेत्र त्यसै ओझेलमा परेको श्रेष्ठको तर्क छ । उनले भने, ‘अहिले यहाँको मान्छेको मुख्य समस्या भनेको त्रिपाल नै हो त्यसपछि खाद्यान्न । घरमा मान्छे भएका र हुनेखानेले जसोतसो बासका भाटा गाडेर टहरा नै बनाइसकेका छन । तर बृद्धबृद्धा र काम गर्न नसक्नेहरु अझै पनि राहतको पर्खाइमा छन ।’
नगरपालिकाले राहतको नाउँमा केही थान त्रिपाल र अलिकति खाद्यान्न पु¥याएको छ बडा नं ५ र ६ मा । तर करिव ३०० घरधुरी रहेको नवलपुर र कुसुण्डे क्षेत्रमा सवैलाइ त्रिपाल र राहत पु¥याउन नसक्दा अरुको त्रिपालमा शरण लिइरहनुपरेको कुसेण्डेका बृद्ध भीम ठकुरीले बताए ।
ठकुरी, मगर, नेवार र दलित परिवारको बसोवास रहेको सुनौलाबजारको नवलपुर र कुसुण्डे क्षेत्रमा स्थानियहरुले खानेकुराको भन्दापनि बस्ने बासको माग गरेपछि केही स्थानियहरुको पहलमा विहीवार करिव ५०० थान त्रिपाल वितरण गरिएको थियो ।
सुनौलाबजारमै रहेको नेवारपानी प्रावि र नवलपुर प्राविको भवनहरुमा पनि भुकम्पले क्षति पु¥याएपछि अव विद्यार्थीहरुलाइ कहाँ राखेर पढाइ सुचारु गर्ने भन्ने विषयमा शिक्षकहरु समेत अन्योलमा रहेका छन । नवलपुर प्राविका प्रधानाध्यापक दिप बहादुर रानाले भने, ‘विद्यालयको भवन पनि भत्केको छ । भत्केको भवनमा राखेर कसरी पढाउनु, नपढाए कहाँ लगेर पढाउनु ।’ जेठ १ गतेदेखि कक्षा संचालन गर्ने भनेपनि भवन जताततै चर्किएर जिर्ण बनेपछि विद्यालय संचालन गर्ने र नगर्ने विषयमा अन्योलमा रहेको रानाले बताए ।