Live Streaming

​सहमति नभए राजनीतिक भुकम्प जान्छ : एमाओवादी अध्यक्ष


काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिनासकारी भूकम्प पछि राजनीतिक दलहरु एकतावद्ध हुन नसके नेपालमा फेरी ठूलो राजनीतिक भूकम्प जाने बताउनुभएको छ । 
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले साझा राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले भूकम्पबाट भएको जनधनको क्षतिको उद्धार तथा राहतको विषयमा सरकार सक्रियताका साथ लाग्न नसकेको आरोप लगाउनुभयो । भूकम्पले गर्दा धेरै नागरिक दुःखमा रहेकाले सबै राजनीतिक दलहरुले नयाँ एकता कायम गर्दै विपत व्यवस्थापनमा जुट्नुपर्ने उहाँले बताउनुभयो । 
एमाओवादी अध्यक्ष दाहालले बिदेशी मुलुकहरुले उद्धार तथा राहतमा पु¥याएको सहयोग सह्रानीय भएको भन्दै सरकार भने निरिह देखिएको आरोप लगाउनुभयो । भूकम्पपिडितको उद्धार, राहत तथा पूर्नस्थापनाको विषयमा सरकार आफैले नेतृत्व लिनुपर्ने भन्दै उहाँले राहत वितरण प्रकृयालाइ व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।