जेल जानबाट जोगिए सलमान
बैशाख २५, एजेन्सी । ‘हिट एन्ड रन’ घटनामा पाँच वर्षको सजाय सुनाइएका बलिउड स्टार सलमान खानले जमानत पाएका छन् । मुम्बईको हाई कोर्टले यो फैसला सुनाएपछि उनी अब जेल जान नपर्ने भएको छ । अब खानलाई हिरासतमा नराखिने र उनी जेल बाहिरै बसेर मुद्धा लड्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । हाई कोर्टले १३ वर्षदेखि चलिरहेको मुद्धा टुंग्याउँदै ५ वर्षको जेल सजाय सुनाएको थियो । लगत्तै उनी अदालत परिसरबाटै पक्राउ परेका थिए ।
तर उनले केही घण्टामै हाई कोर्टबाट ४८ घण्टाको अन्तरिम जमानत पाएका थिए । सलमानलाई २८ सेप्टेम्बर २००२ को राती मादक पदार्थ सेवन गरी फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी कुदाएको आरोप छ । ४ जना गम्भीर घाइते र एकजनाको ज्यान गएको सोही घटनामा सलमानलाई १३ वर्षपछि जेल सजाय सुनाईएको थियो । उनको मुद्धाबारे अर्काे सुनुवाई १५ जुनमा हुनेछ । सलमानले जमानत पाएपछि अदालत बाहिर भेला भएका उनका प्रशंकहरुले खुशियाली मनाएका छन् ।