साझा संकल्प प्रस्तावमा सहमति जुटेन
अनिता पौडेल, काठमाडौं ।
भुकम्प पीडितहरुका लागि राहत तथा पुनस्थापना समेटिएको साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु आज पनि असफल भएका छन् । आज बिहान बसेको बैठकमा प्रमुख तीन दलले आ–आफ्नो अडान नछाडेपछि प्रस्तावले अन्तिमरुप पाउन नसकेको हो ।
पीडितलाई दिने राहत रकम, क्षतिपूर्ति लगायत बिषयमा दहलरुबीच सहमति हुन सकेको छैन । सभामुख सुवास नेम्बाङ्गले संसदको पहिलो दिनको दोस्रो बैठकबाट संकल्प प्रस्ताव पारित गर्ने तयारी गरेपनि दलहरुबीच सहमति हुन नसक्दा आजको बैठक समेत संकल्प प्रस्ताव पारित गर्ने प्रक्रियामा प्रवेश नगर्ने भएको छ । संसद सचिवालय स्रोतका अनुसार, चौथो ठूलो दल राप्रपा नेपाल भुकम्प पीडितहरुका लागि राहत तथा पुर्नस्थापना सम्बन्धमा छुट्टै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
यसैबीच दलहरुले सैदान्तिक साझा धारणा भने आजै सार्वजनिक गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले भुकम्प पिडीतका लागि संसदको एक धारणा बनाएर आज नै राहतका लागि भरपर्दो नितिगत निर्देशन पारित गर्ने निश्कर्ष निकालेको हो । वैठक पछि नेपाली कांग्रेसका सहमान्त्री पुर्णबाहादुर खड्काले राहातका विषयमा संसदमा व्यापक छलफल पछि आज साझा संकल्प जारी गर्ने बताउनुभयो ।
वैठक पछि नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले राहातका लागि भौतिक क्षतीको आंकलन गरेर अल्पकालिन र दिर्घकालीन गरी दुई चरणमा राहातका कार्यक्रको आउने बताउनुभयो । उहाँले वैठकमा माहाविपतीका लागि कस्तो र कसरी प्रस्ताव ल्याउने विषयमा व्यापक छलफल भएको भन्दै आज नै सर्वसहमति सहतिको राहात कार्यक्रम आउने दावी गर्नुभयो ।