Live Streaming

सलमानको अपिलमाथि सुनुवाई सुरु

बैशाख २५, एजेन्सी ।
’हिट एन्ड रन’ घटनामा पाँच वर्षको सजाय पाएका बलिउड स्टार सलमान खानको जमानतको निवेदनको टुंगो मुम्बईको हाई कोर्टले आज गर्दैछ । मुम्बई हाई कोर्टमा सलमान खान बिरुद्ध केही बेरअघि सुनुवाई सुरु भएको छ । न्यायाधीश अभय थिप्सेले उनको निवेदनमा सुनुवाई सुरु गरेका हुन् ।

बुधवार सेशन कोर्टले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर उनले केही घण्टामै हाई कोर्टबाट ४८ घण्टाको अन्तरिम जमानत पाएका थिए । सलमानलाई २८ सेप्टेम्बर २००२ को राती मादक पदार्थ सेवन गरी फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी कुदाएको आरोप छ । ४ जना गम्भीर घाइते र एकजनाको ज्यान गएको सोही घटनामा सलमानलाई १३ वर्षपछि जेल सजाय भएको हो ।