भारतका केही संघसंस्थाले पठाएको खाद्यबस्तु म्याद गुज्रिएका
काठमाडौं, २५ बैशाख ।
भूकम्प पीडितका लागि भन्दै भारतबाट ल्याईएको खाद्य सामाग्री म्याद नाघेको पाईएको छ । पाउरोटीमा ढुसी देखिएको छ भने चाउचाउ, जुस लगायतका प्याकेटमा प्रयोग मिति गुज्रिएको भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा राहतका लागि पठाएका चाउचाउ, पाउरोटी र जुसमा म्यादा सकिएको भेटाएको हो । ती खाद्य वस्तु उपभोग गर्न नमिल्ने छन् । त्यस्ता राहत सामग्री भारतका विभिन्न संघ–संस्थाले संकलन गरी नेपाल पठाएका थिए ।
भारतको मजफ्फरपुरमा उत्पादीत बैसाली ब्रान्डको पाउरोटी म्याद नाघेको पाइएको छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार परीक्षण गर्दा म्याद नाघेको पाइएकोले एक हजार प्याकेट पाउरोटी नष्ट गरिएको छ ।