संसद बैठक बस्दै
बिनु सुवेदी, काठमाडौं ।
ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । भुकम्प पीडितहरुका लागि राहत तथा पुर्नस्थापना सम्बन्धमा साझा संकल्प प्रस्ताव पारित गर्ने प्रमुख एजेण्डा सहित संसदको हिउँदे अधिवेशन हिजो सुरु भएपनि संसद सचिवालयमा प्रस्ताव भने दर्ता हुन सकेको छैन । दलहरुबीच संकल्प प्रस्तावमा समावेश गरिने बिषयबारे दलहरुबीच सहमति हुन सकेको छैन । सभामुख सुवास नेम्बाङ्गले पहिलो दिननै दोस्रो बैठक बसी संकल्प प्रस्ताव पारित गर्ने तयारी गरेपनि दलहरुबीच सहमति हुन नसक्दा सो सम्भव भएन ।
बैठक अपरान्ह १ बजेका लागि बोलाईएपनि संकल्प प्रस्तावमाथिको छलफल सुरु हुने सम्भावना भने न्युन रहेको संसद सचिवालयले जनाएको छ । संसद नियमावली अनुसार, प्रस्ताव दर्ता भएको ५ दिनपछिमात्र छलफल सुरु हुने भएपनि नियम निलम्बन गरी तत्काल छलफल सुरु गर्ने तयारी सरकारको छ ।
आजको बैठकमा भने प्रधानमन्त्री सुशील कोईराला सहित प्रमुख दलका शीर्ष नेता, संसदीय दलका नेता तथा प्रमुख सचेतकहरुले आफ्नो धारणा राख्ने छन् ।