Live Streaming

९० प्रतिशत विद्यालयमा क्षति

देवचन्द्र भट्ट, नुवाकोट ।
महाभुकम्पका कारण नुवाकोटका ९० प्रतिशत विद्यालयमा क्षति पुगेको छ । जिल्लामा रहेका चार सय ८६ विद्यालयमध्ये ९० प्रतिशत विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सरकारले आगामी जेठ १ गतेबाट पठनपाठन सञ्चालन गर्ने तयारी गरेपनि  भौतिक संरचना भत्केका कारण पुर्ण रुपमा पठनपाठन हुन नसक्ने जिल्ला शिक्षा अधिकारी चन्द्रवहादुर खड्काले बताउनुभयो । बिद्यालय भवनहरु ध्वस्त भएपछि कक्षा १२ सम्म अध्धयनरत करिब ६८ हजार बिद्यार्थी समेत अन्यौलमा परेका छन् ।


यसैबीच, महाभुकम्पमा परी नुवाकोटमा मात्र १० जना शिक्षक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना स्थायी, तीन जना निजिश्रोतमा कार्यरत र दुई जना केहि दिन अगाडि मात्र सेवानिबृत्त शिक्षकशिक्षिका रहेको प्रहरीले जनाएको छ ।