Live Streaming

मानवअधिकारकर्मीले आफ्नो दायीत्व पुरा गरेको छ –चरण प्रसाई

दीपक धिताल, काठमाडौं ।
मानव अधिकारकर्मी चरण प्रसाईले राजनितीक दलहरुले यो महाविपतको बेला एक भएर पिडीतहरुको पक्षमा उचित सम्वोधन हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।  रेडियो अन्नपूर्ण नेपालको नियमित कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा आज विहान कुरा गर्दै  प्रसाईले सरकार र राजनीतिक दलले भुकम्पडितका विषयमा उल्याउने संकल्प प्रस्तावमा समेत मत बाँझिनु उनिहरु आफैका लागि घातक हुने बताउनुभयो ।  

सरकारले बास्तविक पीडित सम्म राहात प¥याउन नसकेको बताउँदै उहाँले सरकार प्रति जनताको विश्वास घट्दै जानु दुःखद भएको बताउनुभयो ।   यस विपत्तिमा  मानव अधिकारकर्मी जति सकृय हुनुपर्ने हो त्यो हुन सकेन नी भन्ने प्रश्नमा उहाँले यि दिनमा राहात भन्दा पनि उद्धार प्राथमिकतामा परेको र मानव अधिकारकर्मीले सरोकारवलासँग सम्वन्वय, गृहकार्य गरी रहेकाले आफनो दायित्व पुरा गरेको बताउनुभयो ।

उहाँले विपत आउदा एक्कै चोटी आउने हुदा पुर्वतयारी गर्न नसकिने भन्दै जनता सचेत भएकाले केही सहज भएको बताउनु भयो  ।