आम चुनावको परिणाम आउन सुरु
बैशाख २५, एजेन्सी ।
बेलायतमा हिजो भएको आम चुनावको प्रारम्भिक नजितामा कन्जरभेटिभ पार्टी अगाडि देखिएको छ । अर्को लेवर पार्टिले सवैभन्दा बढी सीटमा जित हात पार्ने अनुमान गरिएपनि कन्जरभेटिभ पार्टी अगाडि देखिएको हो ।
६ सय पचास सिटका लागि भएको मतदानको पछिल्लो परिणाममा एक सय त्रिसठ्ठी सिटको नतिजा आएको छ । अनुमानकर्ताहरुले कन्जरभेटिव पार्टीले ३ सय १६ र लेवर पार्टीले २ सय ३९ सीट ल्याउने अनुमान गरेका थिए ।
मत सर्वेक्षण अनुसार स्पष्ट सरकार बनाउन चाहिने ३ सय २६ सिट कसैले पनि हासिल गर्न नसक्ने देखिएको छ ।