यमनमा युद्ध बिराम हुने संकेत
बैशाख २५, एजेन्सी ।
हिंसाग्रस्त यमनका विभिन्न भागमा संघर्ष विराम हुने सम्भावना देखिएको छ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले मानवीय आधारमा पाँच दिनका लागि युद्ध विराम गर्न सहमति जनाएसँगै केही दिनका लागि संघर्ष बिराम हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
साउदी अरब नेतृत्वको अरब गठबंधनले ६ सातायता हुथी विद्रोहीविरुद्ध हवाइ हमला जारी राखेको छ । संघर्षमा हालसम्म झण्डै एक हजार ५ सयको मृत्यु भैसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यस विषयमा विद्रोही समूह हुथीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।