Live Streaming

​हिउँदे अबिधेशन शुरु


काठमाडौं, २४ बैशाख । व्यवस्थापिका संसदको हिउँदे अबिधेशन शुरु भएको छ । आज बसेको व्यवस्थापिका संसद बैठकले बैसाख १२ गते गएको भूकम्पबाट मृत्यु भएकाहरुको सम्झनामा र जनधनको क्षतिका सम्बन्धमा शोक प्रस्ताव पारित गरेको छ । सर्वसम्मतीले शोक प्रस्ताव पारीत गर्दे संसद बैठक भोलीसम्मका लागी स्थगित भएको छ ।

आजको बैठामा भूकम्पमा परी ज्यान गुमाएका पूर्व सांसद चक्रबहादुर ठकुरीप्रति पनि शोक प्रस्ताव  पारित गरेको छ ।  भोलिको लागि तय गरिएको संविधानसभा बैठक जेठ १ गतेलाइ सारिएको छ । भुकम्प पिडितहरुलाई संबोधन गर्दै आजै आउने भनिएको संकल्प प्रस्ताव दलहरुकाबीच सहमति हुन नसकेपछि आउन सकेन ।

मख्य दलको सहमतिमा भोलीको बैठकमा संकल्प प्रस्ताव पेश गर्ने सरकारको तयारी छ । आज बसेको कंग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताबीच भोलीको बैठकमा संकल्प प्रस्ताव पेश गर्ने सहमति भएको हो ।  
यसैबीच नेपाल सरकार मन्त्रीपरिषदको बैठक बसेको छ । आज साझ बसेको बैठकमा भकम्प पीडितका लागी संकल्प प्रस्तावमा समावेश गर्ने योजनाका विषयमा छलफल भएको बालुवाटार  स्रोतले बताएको  छ ।