आमनिर्वाचनका लागि बेलायतमा मतदान सुरु
बैशाख २४, एजेन्सी ।
बेलायतमा आम चुनाव २०१५ को लागि मतदान सुरु भएको छ । केहीबेर अघिबाट सुरु मतदान राती दश बजेसम्म जारी रहने जनाइएको छ । देशैभर गरी जम्मा पचास हजार मतदान केन्द्र तोकिएको छ । छ सय पचास संसदीय चुनाव क्षेत्र रहेको बेलायतमा करिब छ करोड़ मतदाता रहेका छन ।
बेलायती सञ्चारमाध्यमहरुका अनुसार स्थानीय दुई सय उनान्असी स्थानीय प्राधिकरण, नौ हजारभन्दा धेरै काउन्सील सिटका लागि मतदान भइरहेको हो । यसका साथै बेडफोर्ड, कोपल्याण्ड , लेस्टर, मिडल्सबरा, मैन्सफिल्ड तथा टारबेमा मेयर पदका लागि पनि चुनाव भइरहेको समाचारमा जनाईएको छ । अनलाईनमार्फत पनि मतदान गर्नसक्ने भएकोले यसको अन्तिम मतपरिणाम भोलि अबेरसम्ममा आउनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।