Live Streaming

सरकार अब राहत तथा पुर्नस्थापनामा केन्द्रित हुन्छ – संचारमन्त्री रिजाल

काठमाडौं, २४ बैशाख ।   
सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले आगामी ६ महिना भित्र भुकम्प पीडितहरुका लागि अस्थाई बसोबास तथा राहत पु¥याउने दावी गर्नुभएको छ । यसका लागि सवै राजनितीक दल, संघसंस्था, अन्तराष्ट्रिय समुदाय तथा देशबिदेशमा रहेका नेपालीहरुको  साझा प्रतिवबद्धतामा एकीकृत योजना आवश्यक रहेको उहाँको भनाई थियो ।

रेडियो अन्नपूर्ण नेपालको नियमित कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा आज विहान कुरा गर्दै संचार मन्त्री रिजालले स्थानिय गाविस प्रतिनिधि विहिन भएकाले जिल्लाका गाउँगाउँ सम्म राहातका सामाग्री पु¥याउन चुनौतीपूर्ण रहेको बताउनुभयो । राष्ट्र संकटमा परेका वेला सवै एक जुट भएर लाग्नुपर्ने बताउदै उहाँले राहत नपुगेको जनगुनासो जायज भएकाले त्यसलाई सम्बोधन गर्न सरकार गुरु योजना बनाउने तयारीमा रहेको उल्लेख गर्नूभयो । दलिय भागबन्डामा राहतका सामाग्री बाँडिएको समाचार आएको छ नि भन्ने प्रश्नमा उहांले जनताबाट आएको गुनासो लाई ध्यानमा राखेर हिजोका कमी कम्जोरीलाई सच्याउदै  जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६७ करोड रुपैयाँ मात्र जम्मा भएको जानकारी दिदै मन्त्री रिजालले दातृनिकायले अनुदानका लागि घोषण गरेको सवै रकम आई नसकेकोे बताउनुभयो । उहाँले विभिन्न संस्थाहरुले छुटाछुटै घोषणा गरेको अनुदानलाई समेत पारदर्शी बनाउदै घर, भत्किएका ऐतिहासिक संरचना, सरकारी भवन लगायत निर्माणमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

उद्धारको कार्य लगभग सकिएकाले सरकार राहत बितरणमा केन्द्रित भएको जानकारी दिदै मन्त्री रिजालले सरकारका नजर नपुगेको भए तत्काल सरकारी संयन्त्रलाई खवर गर्न आग्रह समेत गर्नुभयो ।

 

पुरा अन्तरवार्ता यहाँ क्लिक गरेपछि सुन्न सकिन्छ.....

http://radioannapurnanepal.com/program-archive/40/Annapurna-Frontline/