भुकम्पमा मृत्यु हुनेको संख्या ७,७६० पुग्यो
अनिता पौडेल, काठमाडौं ।
महाबिनासकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या आज विहान ६ बजेसम्म ७ हजार ७ सय ६० र घाइते हुनेहरुको संख्या १५ हजार ९ सय ११ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म सिन्धुपाल्चोकमा सबैभन्दा बढी दुई हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी भुकम्पमा परी काठमाडौंमा १ हजार २ सय ९ जना, नुवाकोटमा ९ सय ३० जना,धादिङमा ७ सय २ जना, रसुवामा ४ सय ५६ जना, गोरखामा ४ सय १२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी काभ्रेपलान्चोकमा ३ यस १७ जना,भक्तपुरमा ३ सय ८ जना, ललितपुरमा १ सय ७४ जना,दोलखामा दोलखामा ७३ जनाको मृत्यु भएको छ । त्यसैगरी रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलडुंगामा १९, सिन्धुलीमा १०, सुनसरी र चितवनमा ७-७ जनाको मृत्यु भएको छ । त्यस्तै बारा,पर्सा र लमजुङमा ५-५ जना,भोजपुर र कास्कीमा २-२ जना तथा ताप्लेजुङ, धनुषा, सर्लाही, रौतहट, नवलपरासी, तनहुँं, रोल्पा र रुकुममा एक एक जनाको मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ ।