Live Streaming

संकल्प प्रस्तावमा पनि दलहरु मिलेनन

दीपक धिताल, काठमाडौं ।
प्रमुख तीन दलको बैठक केहीबेरपछि बस्दैछ । बैशाख १२ गतेको विनाशकारी महाभुकम्पले निम्त्याएको राष्ट्रिय विपत्ति लगायतका विषयमा संसदमा प्रस्तुत गर्ने साझा संकल्प प्रस्तावबारे बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । राहत तथा पुर्नस्थानाबारे नेपाली कँग्रेस, एमाले र एकीकृत माओवादीले फरक फरक धारणा अघि सारेपछि संकल्प प्रस्ताव तयार हुन नसकेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा सम्पूर्ण दलहरुको माग सम्बोधन हुने गरी प्रस्ताव तयार गर्ने गृहकार्य भईरहेको छ । यसअघि दलहरुबीच दुई चरणमा छलफल भएपनि निश्कर्ष भने निस्कन सकेको छैन । आफ्ना माग सम्बोधन नहुने भन्दै प्रतिपक्षी दलहरुले वैकल्पिक संकल्प प्रस्ताव तयारी गरेपछि कंग्रेस एमाले सवैलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा रहेको वालुवाटार स्रोतको भनाई छ ।

एकीकृत माओवादीले  मृतक परिवारलाई ३ लाख रुपैयाँ दिनु पर्ने लगायत माग यसअघि नै गरिसकेको छ भने सरकारले एक लाख रुपैयाँ वितरण गर्दै आएको छ । सभामुख सुवास नेम्बाङ्गले संसद अधिवेशनको पहिलो बैठकमै संकल्प प्रस्ताव पेस गर्न दलहरुलाई आग्रह गर्नुभएपनि आजको बैठकमा भने सो पुरा नहुने देखिएको छ ।  


यसैगरी एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आफुहरुको माग सरकारले सम्बोधन गरे साझा प्रस्तावमा जाने नत्र छुट्टै प्रस्ताव बनाउने बताएको छ ।