उपत्यकाको उचाई ७० देखि ८० सेन्टिमिटरसम्म बढ्यो
काठमाडौं, २३ बैशाख । विनाशकारी भूकम्पपछि काठमाडौं उपत्यकाको उचाई ७० देखि ८० सेन्टिमिटरसम्म बढेको छ । नापी विभागले आज राजधानीमा पत्रकार सम्मेलन गरी जमिन माथि उठेको पुष्टि गरेको हो । भूकम्पपछि गरिएको सर्भेका क्रममा काठमाडौंको जमिन १ दशमलव ५ मिटर दक्षिण पश्चिम सरेको जानकारी नापी विभागका महानिर्देशक मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।
नापी विभागले भूकम्प लगत्तै विभिन्न केन्द्र र भूउपग्रहबाट प्राप्त तथ्याङक विश्लेषणको आधारमा जमिनमा आएको परिवर्तन सार्वजनिक गरेको हो । विभागले देशभरको जमिन औसत १ दशमलव ५ मिटरले उठेको जनाएको छ ।