एनआरएनले १ हजार घर बनाउने
काठमाडौं, २३ बैशाख । गैरआवासी नेपाली संघ एनआरएनले भूकम्पबाट प्रभावित भएका ८ जिल्लामा १ हजार भूकम्प प्रतिरोधी घर बनाउने घोषणा गरेको छ । संघका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै पीडितहरुको राहतको लागि घर बनाइदिने घोषणा गर्नुभएको हो ।
संघले प्रभावित ८ जिल्लामा करिव १ हजार भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री घर निर्माण गर्ने तयारी थालेको विज्ञप्तिमा जनाईएको छ । यसको लागत करिव ३५ करोड रुपैयाँ हुने प्रारिम्भक अनुमान रहेको छ ।