उद्दार कोषमा रकम जम्मा गर्ने क्रम जारी
काठमाडौं, २३ बैशाख । भुकम्प पीडितका लागी सहयोगार्थ विभिन्न दातृ राष्ट्र संघसंस्था व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । राहात कोषमा हालसम्म करिब ४० करोड पुगिसकेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका अनुसार बैशाख १४ गतेदेखि २१ गतेसम्म ३९ करोड ७९ लाख रकम जम्मा भएको छ ।
उद्दार कोषमा सरकारका तर्फबाट २ अर्ब जम्मा गरिएको थियो । कोषबाट हालसम्म गृह मन्त्रालयलाई दुई अर्ब निकासा गरिसकिएको छ । उद्दार कोषमा सबैभन्दा बढी रकम भुटान सरकारबाट १० लाख अमेरिकी डलर जम्मा भएको छ ।
त्यस्तै भूकम्पबाट पीडित नागरिकहरुको सहयोगका लागि नेपाल प्रहरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड १ सय ११ रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने मासिक तलवबाट कट्टा गरी एकमुष्ट रकम बुधबार उद्धार कोषमा जम्मा गरिएको हो ।