राहत सवै ठाउँमा पु¥याउन प्रधानमन्त्रीको निर्देशन
मनिष दवाडी, धादिङ । प्रधानमन्त्री सुशील कोइरालाले भुकम्प पिडित सवै जनतालाई तत्काल राहत पु¥याउन निर्देशन दिनुभएको छ । हवाइ मार्गमार्फंत भुकम्प प्रभावित क्षेत्रहरुको अवलोकन पश्चात धादिङ पुगेमन कोइरालाले आज जिल्ला दैवि प्रकोप उद्धार समितिका सदस्यहरुलाइ सम्वोधन गर्दे अत्यन्तै प्रभावित क्षेत्रहरुलाइ प्राथमिकतामा राखेर राहत वितरण गर्न निर्देशन दिएका दिनुभएको हो । प्रधानमन्त्री कोइरालाको साथमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनवटै सुरक्षा निकायका प्रमुखहरु धादिङ पुग्नुभएको थियो ।
‘हजारौ जनताको मृत्यु हुने गरि महाभकम्पले देशमा यत्रो विनाश ग¥यो । अहिले सरकारको प्रमुख काम भनेको भुकम्प प्रभावितहरुका लागि आपतकालिन राहत वितरण गर्नु नै हो र त्यसका लागि सरकार दिलोज्यान दिएर लागि रहेको छ ।’ कोइरालाले भन्नुभयो ‘अव सरकारको दिर्घकालिन योजना भनेको भुकम्प पिडितहरुको लागि घर बनाइदिने रहेका छ । जुन भुकम्प प्रतिरोधात्मक हुनेछ ।’
महाभुकम्प पछिको जिल्लाको अवस्था बुझ्न धादिङ पुगेका प्रधानमन्त्रीलाइ जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भकम्पपछिको जिल्लाको अवस्था, समग्र राहत वितरण प्रणाली र घाइते तथा विरामीहरुको उपचार लगायतको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा अहिलेसम्म ११ करोड भन्दा बढी नगद र हरेक गाउ बस्तीमा प्रारम्भिक राहत पु¥याएको बताउदै घिमिरेले सवै गाविसहरुमा नगद राहत वितरण गर्नको लागि निकासा नभएको प्रधानमन्त्रीलाइ जानकारी गराउनुभयो ।
सडक सञ्जालले नछोएका धादिङका ५ गाउँ विकास समितिहरुमा राहत वितरण गर्नको लागि असहज परिस्थिति उत्पन्न भएको जिल्लाका सभासदहरुको गुनासोलाइ सम्वोधन गर्दै कोइरालाले भन्नुभयो ‘सरकारले हेलिकप्टर उपलब्ध गराएको छ । भौगोलिक विकटता र बढी प्रभावित क्षेत्रहरुलाइ विषेश प्राथमिकतामा राखेर बढी भन्दा बढी हेलिकप्टरको प्रयोग गरि राहत वितरण गुर्नस ।’