२१ सरकारी कार्यालयमा क्षति
काठमाडौं, २३ बैशाख । बैशाख १२ गतेको महाभुकम्पका कारण २१ वटा सरकारी भवनमा बस्नै नमिल्निेगरी क्षति भएको छ । सहरी विकास तथा भवन निमार्ण विभागले काठमाडौका ७७ वटा सरकारी कार्यालयमा अनुगमन गरेको थियो । ति मध्ये २१ ओटा सरकारी कार्यालयमा बस्नै नमिल्नेगरी रातो स्टिकर लगाइदिएको छ । यसैगरी, पाँचवटा सरकारी अस्पतालमा रातो स्टिकर टाँसिएको छ । बस्न जोखिमयुक्त भएकाले त्यसो गरिएको हो ।
थापाथलीस्थित प्रसूति गृहको मुख्य भवन, वीर अस्पतालको पुरानो भवन, शुक्रराज ट्रपिकल अस्पतालको स्टोर भवन, पाटन अस्पतालको निर्देशन कक्ष र भक्तपुर अस्पतालको पुरानो भवनमा रातो स्टिकर टाँसिएको छ ।
थापाथलीस्थित नेपाल राष्ट्र बैंकका दुई भवन, बबरमहलको आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय भवन, हरिहर भवनस्थित कृषि विभागका दुई भवनमा रातो स्टिकर टाँसिएको छ । त्यस्तै हरिहरभवनस्थित निजामती किताब खाना, रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय र भक्तपुरको राष्ट्रि«य कला सङ्ग्रहालय दुई वटा भवन पनि काम गर्न नसकिने गरी क्षतिग्रस्त भएका छन् । तिनमा पनि रातै स्टिकर टाँसिएको छ । सर्वोच्च अदालतका सबै भवन र महान्यायाधिवक्ताको कार्यालयको चमेना गृह प्रवेशका निम्ति अयोग्य भएका विभागले जनाएको छ ।