Live Streaming

सलमानलाई पाँच वर्षको जेल सजाय, अदालतमै परिवारको रुवावासी

काठमाडौं, २३ बैशाख । मादक पदार्थ पिई कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा दोषी ठहर भएपछि बलिउडका चर्चित अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय भएको छ ।
मादक पदार्थ पिई कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा बलिउडका चर्चित अभिनेता सलमान खानविरुद्ध अदालतले सजाय सुनाएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो ।
१३ वर्षअघिको मुद्धामा मुम्बईको शेसन अदालतले बुधबार दिउँसो अन्तिम फैसलामा सलमानलाई दोषी ठहर गर्दै  ५ वर्षको जेल सजाय सुनाएपछि अदालतबाटै मुम्बई प्रहरीले हिरासतमा लिएको हो ।
फैसला सुनाउँदै न्यायाधीशले भने, ’यो प्रष्ट हुन्छ कि घटनाको सलमान नै गाडी चलाइरहेका थिए । र, उनले मादक पदार्थ पनि पिएका थिए ।’
न्यायाधीशको फैसला सुनेपछि सलमानले एक शब्द पनि प्रतिक्रिया दिएनन् । जब न्यायाधीशले  सलमानसँग सोधे के तपाईँलाई थाहा छ, तपाईँलाई १० वर्षको सजाय हुनसक्छ ।’ सलमानले आफ्नो शिर झुकाए तर कुनै प्रतिक्रिया दिएनन् ।
सलमानका वकीलले भने पीडित व्यक्तिहरुका परिवारलाई आफूहरु क्षतिपूर्ति दिन तयार रहेको बताएका थिए । सलमानले अदालतमा गरेको सबै याचनाको खारेज गर्दै अदालतले हिट एन्ड रन केश सलमानलाई पूर्ण दोषी ठहर गरेर सजाय सुनाएको हो ।

यसैबीच फैसलापछि अदालतमै सलमानको परिवारको रुवाबासी चलेको छ ।अदालतमै बिरामी परेकी सलमानकी आमा सलमान खान फैसला सुनेपछि बेहोस भएकी थिइन् ।

यही क्रममा सलमानका भाइ सोहेल खान गहभरी आँसु पार्दै अदालतबाट बाहिरिएका थिए । फैसला आएलगत्तै सलमानका दुबै बहिनीहरु अलवीरा अर्पिता अदालतभित्रै रोए ।फैसलाका क्रममा अदालतमा सलमानका कतिपय समर्थक समेत रोइरहेका थिए ।