Live Streaming

शीर्ष तीन नेता एकसाथ भुकम्प प्रभावित जिल्लामा

देवचन्द्र भट्ट, नुवाकोट ।
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु एकसाथ भूकम्प प्रभावित जिल्लाको अवलोकनमा निसिकएका छन् ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, तीनै वटा सुरक्षा निकायका प्रमुखहरु सहित भुकम्प प्रभावित रसुवा, नुवाकोट र धादिङ्गको अवलोकनका लागि निस्किएका हुन् । बिहान रसुवाको अवलोकन गरी नुवाकोट फर्किएका उहाँहरु साँझ धादिङ्ग हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

पर्यटकीय जिल्ला रसुवामा भुकम्पले पु¥याएको क्षतिको अवलोकन गरेपछि नुवाकोट सदरमुकाम बिदुरमा उहाँहरुले स्थानिय प्रसासनको सक्रियता र उद्धार तथा राहत बितरणमा भईरहेका कार्यबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रधानमन्त्री कोईराला, एमाले अध्यक्ष ओली र एकीकृत माओवादी अध्यक्ष दाहालले बिपतको घडीमा एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आरोप प्रत्यारोपको समय नभएको भन्दै उहाँहरुले आफ्नो क्षमताले सकेसम्म सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।

जिल्ला भ्रमणको क्रममा नेताहरुले भूकम्प पीडितहरुको अवस्था, उद्धार र राहत संकलन तथा वितरणबारे जानकारी लिनभएको छ ।