Live Streaming

सलमान खान दोषी ठहर

मुम्बई, २३ बैंशाख ।
भारतीय चर्चित अभिनेता सलमान खानलाई स्थानिय एक अदालतले १२ बर्ष पुृरानो मुद्दामा दोषी ठहर गरेको छ । दोषी ठहर भएसँगै उनको सजाय सम्बन्धमा अहिले अदालतमा बहस जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले दोषी ठहर गरे लगत्तै मुम्बई प्रहरीले सलमानलाई हिरासतमा लिएको छ।

मादक पदार्थ सेवन गरी गाडी चलाएकाले सडकमा सुतिरहेका एक जनाको मृत्यु भएको मुद्दामा अदालतले उनलाई आज दोषी करार गरेको हो । मुम्बईस्थित शेसन अदालतले आज बिहान थप सुनुवाई गर्दै सलमानलाई दोषी ठहर गरेपछि उनलाई कम्तीमा १० बर्षसम्मको जेल सजाय हुन सक्ने बताईएको छ ।

सन् २००२ को सेप्टेम्बर २८ मा उनले चलाएको गाडीले फुटपातमा सुतिरहेकाहरुलाई किच्दा एक जनाको मृत्यु भएको थियो भने अन्य ४ जना घाईते भएका थिए । सुनुवाईका क्रममा बारम्बार आरोपको खण्डन गरेपनि सरकारी वकिलले उनी बिरुद्ध प्रमाणहरु संकलन भएको र सो क्रममा  २७ जना प्रत्यक्षदर्शीको बयान प्रस्तुत गरेका थिए ।

सलमान खानको मुद्दामा आज अदालतले अन्तिम फैसला गर्ने संकेत पाएपछि गएराती अबेरसम्म पनि भारतीय कलाकारहरु खान निवासमा भेला भएका थिए ।