आईपिएलमा मुम्बईको लगातार पाँचौ जित
बैशाख २३, एजेन्सी ।
ईण्डियन प्रेमियर लिग क्रिकेट आईपिएलको पछिल्लो खेलमा मुम्बई ईण्डियन्स विजयी भएका छ । अघिल्ला ५ खेल लगातार गुमाएको मुम्बईको यो लगातार पाँचौ जित हो । बर्षाले बारम्बार प्रभावित खेलमा मुम्बईले देल्ली डेरडेभियल्सलाई ५ विकेटले पराजित ग¥यो । गएरातीको जित पछि मुम्बई १० अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारपछि पनि देल्ली भने ८ अंकमा छैठौ स्थानमा कायम छ ।
देल्लीले दिएको १ सय ५३ रनको लक्ष्य मुम्बईले ३ वल बाँकी हुँदा ५ विकेट गुमाएर भेट्टायो । ४० रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहित शर्मा र अम्बाती राईडुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । शर्मा ४६ रनमा आउट भए भने राईडु ४९ रनमा नटआउट रहे । सातौं ब्याट्सम्यानका रुपमा क्रिजमा आएका किरन पोलार्डले बिष्फोटक ब्याटिङ्ग गर्दै १४ वलमा नटआउट २६ रन जोडे ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ्ग गरेको देल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ५२ रन जोडेको थियो । युवराज सिंहले ५७ र जुवान पउल डुमिनीले २८ रन जोडेपछि देल्ली सम्मानजनक योगफल बनाउन सफल भयो । उत्कृष्ट बलिङ्ग गर्दै हरभजन सिंहले आफ्नो स्पेलमा ११ रन खर्चेर २ विकेट लिए ।
प्रतियोगितामा आज रोएल च्यालेन्जर्स बैंङ्लोर र किङ्गस् ईलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ ।