पपुवान्युगिनिमा महाभुकम्प, सुनामीको चेतावनी
बैशाख २२, एजेन्सी ।
पपुवान्युगिनिमा ७ दशमलब ४ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । पपुवा न्युगिनिको दक्षिण तटिय क्षेत्रमा गएको भुइंचालोपछि सुनामीको खतरा उप्पन्न भएको हो । स्थानिय सरकारले भुकम्पको केन्द्रविन्दु आसपासको ३ सय किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको हो ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार कोकोपो सहर भन्दा ८३ माइल दक्षिण पश्चिम केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । ७ दशमलब ४ म्याग्नीच्युडको मुख्य धक्काको १० मिनेटपछि नै ५ दशमलब ९ रेक्टरको पराकम्पन गएको थियो ।
भुकम्पबाट भएको क्षतीको विवरण प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।