प्रधानमन्त्री कोईराला गोरखामा
गोरखा, २२ बैशाख ।
प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट भएको प्रभाव र उद्धार तथा राहतमा स्थानीय प्रशासनको सक्रियता बारे बुझ्न गोरखा जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट गोरखा गएका प्रधानमन्त्री कोईरालाले अहिले प्रभावित क्षेत्रहरुको अवलोकन गर्नुका साथै राहत तथा उद्धारका कार्यबारे जानकारी लिनेक्रम जारी छ ।
सो क्रममा उहाँले भूकम्पबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिनु हुने प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सदरमुकाम आसपासका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने समेत अधिकारीले बताउनुभयो ।
बिनाशकारी महाभुकम्पको केन्द्रबिन्दु बारपाक लगायत क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री कोईराला हिजै त्यता जाने कार्यक्रम रहेपनि नेपाली सेनाको हेलिक्पटर बिग्रिएपछि जान पाउनु भएको थिएन ।