Live Streaming

बिहान २ वटा प्रतिभुकम्प

काठमाडौं, २२ बैशाख ।  
नुवाकोट र धादिङ्गलाई केन्द्र बनाएर आज बिहान दुई पटक भुकम्पको धक्का महसुस भएको छ । गत १२ गते आएको बिनाशकारी महाभुकम्पपछि धक्काहरु कम हुदै गएपनि दैनिकजसो दुई–चार वटा प्रतिकम्पन भने महशुस हुने गरेका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार, आज बिहान ६ बजेर ४९ मिनेटमा ४ दशमलब ४ म्याग्निच्युट स्केलका दुई वटा धक्का महशुस भएका हुन् ।

हिजोमात्र चार म्याग्निच्युट स्केलका ९ वटा भुकम्प गएको बताउदै मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले गत १२ गतेपछि हालसम्म चार म्याग्निच्युट भन्दा माथिका १ सय ४२ पटक भुकम्प मापन भएको जानकारी दिनुभयो ।

अधिकारीले साना साना भुकम्प जाँदा ठूलो भुकम्प आउने खतरा नहरेकाले संयम भएर सामान्य जीवन यापन गर्न आग्रह गर्नुभयो ।