Live Streaming

प्रभावबारे जानकारी लिन प्रधानमन्त्री गोरखा जादैं

काठमाडौं, २२ बैशाख ।
प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट भएको प्रभाव र स्थानीय प्रशासनको सक्रियता बारे बुझ्न आज गोरखा जादै हुनुहुन्छ । प्रधानमन्त्री कोइरालाले गोरखा सदरमुकाम पुगेर जिल्ला प्रशासन कार्यालयको कामकारवाही बारे जानकारी लिनुहुने छ ।


सो क्रममा उहाँले भूकम्पबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सदरमुकाम आसपासका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने समेत अधिकारीले बताउनुभयो ।

बिनाशकारी महाभुकम्पको केन्द्रबिन्दु बारपाक लगायत क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री कोईराला हिजै त्यता जाने कार्यक्रम रहेपनि नेपाली सेनाको हेलिक्पटर बिग्रिएपछि जान पाउनु भएको थिएन ।