Live Streaming

भूकम्पपछि मानसिक समस्या बढ्दो

काठमाडौं, २२ बैशाख ।
वैशाख १२ गते गएको बिनाशकारी महाभूकम्प पछि पनि पटक पटक प्रति–भूकम्पको कम्पनले सर्वसाधारणमा मानसिक रोगको समस्या देखिन थालेको छ ।


महाभूकम्पछि महामारी फैलिने हल्लासँगै १० लाख भन्दा बढीले राजधानी छाडेपनि काठमाडौं लगायत प्रभावित जिल्लाहरुमा रहेका बालबालिकादेखि बृद्धबृद्धामा मानसिक समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । दैवी विपत्तिलाई आफ्नै आँखाले देखेका र अनुभव गरेका तथा सञ्चार माध्यममा बिभत्स दृश्य तथा समाचार पढेका र हेरेका सर्वसाधारणमा मानसिक समस्या ह्वात्तै बढेको चिकित्सहरुको भनाई छ ।


मानसिक रोगको तत्काल उपचार सम्भव नभएकाले आवश्यक ध्यान पु¥याउन चिकित्सकहरुले सरकारलाई सुझाएका छन् । स्थिर अवस्थामा पनि पटकपटक भूकम्पको धक्का गएको महसुुस हुने, निद्रा नलाग्ने, टोलाउने र प्रभावितहरु चिच्याउने गर्ने गरेका छन् ।

पछिल्लो समय उल्लेख्य संख्यामा उपचार र सल्लाहका लागि आफुहरु कहाँ आउने गरेको मनोचिकित्सकहरु बताउँछन् ।