Live Streaming

शितल निवास चर्किएपछि राष्ट्रपति यादव सभाहलमा

काठमाडौं, २२ बैशाख ।
महाभूकम्पले शीतल निवासको माथिल्लो तल्ला चर्केपछि राष्ट्रपति रामवरण यादव कार्यलयकै परिसरमा रहेको सभाहलमा सर्नुभएको छ । भूकम्प आएपछि चौरमा पालमूनि बस्दै आएका राष्ट्रपति यादव सभाहल सर्नुभएको हो । राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट संचालन हुँदै आएको छ ।


राष्ट्रपति बस्न थाल्नुभएको नयाँ भवन एयर कन्डिसनसहितको छ । कृष्णशमशेर राणाले ७० वर्षअघि निमार्ण गरेको शीतलनिवास भूकम्पपछि चर्किएको हो  ।