Live Streaming

१ अर्ब १० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव

काठमाडौं, २२ बैशाख ।
सेवाप्रदायक नीजी कम्पनी एनसेलले महाभूकम्पमा परेका पिडितहरुको राहत तथा पूनस्र्थापनाका लागि १ अर्ब १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका तर्फबाट सरकारलाई एक साताअघि नै सहयोगको प्रस्ताव गएपनि प्रक्रिया मिलाउन समय लागेकाले घोषणा हुन बाँकी छ ।

एनसेलको जन्मदाता कम्पनी टेलियासोनेराले राहतका लागि तत्काल १० करोड रुपैयाँ दिन लागेको हो । एनसेलले भने भूकम्पबाट अति प्रभावित स्थानमा पुनर्निर्माणका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो । १० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल उपलब्ध गराउने र बाँकी १ अर्ब समन्वय गरेर आवश्यक ठाउँमा खर्चिने कम्पनीको प्रस्ताव छ ।

एनसेलका तर्फबाट भने सहयोगबारे आधिकारिक धारणा आइसकेको छैन । विदेशबाट सहयोग रकम आउने भएकाले प्रक्रिया पु¥याउन केही समय लागेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीको भनाइ छ ।