Live Streaming

पाकिस्तानी रेल मन्त्रीको चुनावी परिणाम खारेज

बैशाख २२, एजेन्सी ।
पाकिस्तानमा रेलमन्त्रीको चुनावी परिणाम दुई वर्षपछि खारेज भएको छ । सन २०१३ मा लाहोरमा भएको आम चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमाथि सुनुवाई गर्दै स्थानिय न्यायालयले चुनावी परिणाम खारेज गरेको हो । न्यायालयको सो खारेजीपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका नजिकका मानिने रेलमन्त्री खÞ्वाजा साद रफीकÞको पद समेत गुमेको छ । सो क्षेत्रमा अब पुन निर्वाचन हुने अन्ज्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


निर्वाचनका समय रफीकले ब्यापक धाँदली गरेको भन्दै उनका प्रतिद्वन्द्वी हामिद खानले छानविनका लागि न्यायालयमा अपिल गरेका थिए । खानको पाटी पाकिस्तान तहरीके इंसाफ पीटीआईले गत वर्ष संसद भवन बाहिर चार महिनासम्म विरोध प्रदर्शन गरेको थियो ।