Live Streaming

भारतीय सहयोग आउदै

बिर्तामोड, २१ बैशाख ।
नेपालका भूकम्प पीडितहरुका लागि एक लाख थान पाल लिएर आज भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी पूर्वी सीमानाका नजिक पानीटेंकी आउँदै हुनुहुन्छ । अपरान्ह तीन बजे एक समारोहकाबीच मुख्यमन्त्री बेनर्जीले पाल नेपाललाई हस्तान्तरण गर्ने झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।


पाल जिम्मा लिन शहरी विकास मन्त्री नारायण खडका आज झापा जाने नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउनुभयो । पालसंगै मुख्यमन्त्री बेनर्जीले अन्य खाद्य सामाग्री समेत नेपाललाई हस्तान्तरण गर्ने बताइएको हाम्रा झापा सहकर्मी उमाकान्त खनालले जनाएका छन् ।