Live Streaming

रसुवामा हेलिकप्टर बिग्रियो

काठमाडौं, २१ बैशाख ।
रसुवाको सदरमुकाम धुन्चेमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर बिग्रिएको छ ।


लाङटाङबाट हिम पहिरोमा पुरिएका पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर बिग्रिएपछि थन्किएको छ । ल्याण्ड गर्ने बेलामा इन्जिनमा प्लास्टिक छिरेपनि हेलिकप्टर ठूलो दुर्घटनाबाट भने जोगिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको सैनिक जनसम्पर्क निर्देशनाालयले जनाएको छ ।


सो हेलिकप्टर राष्ट्रपति, प्रधानमन्त्रीले आज भूकम्प प्रभावित क्षेत्रमा जान मागेका थिए । हेलिकप्टर बिग्रिएपछि उनीहरूको भ्रमण पनि रोकिएको छ । आठ वटा हेलिकप्टर रहेको सेनासँग एमआइ १७ हेलिकप्टर यही एउटा छ ।