भूकम्पमा परी ७ हजार २ सय ७६ को मृत्यु
काठमाडौं, २१ बैशाख ।
बैशाख १२ गतेको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ७६ पुगेको छ । यस्तै घाइतेको संख्या १४ हजार २ सय ६७ पुगेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी मृत्यु सिन्धुपाल्चोकमा भएको छ । गृह मन्त्रालयले आज पनि भूकम्प पीडितको लागि उद्धारको काम जारी रहने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आज पनि भुकम्प प्रभावित जिल्लामा उद्धार तथा खोजीसँगसँगै राहत वितरणको कामलाई थप सक्रियताका साथ अघि बढाउने बताउनुभयो । त्यसका लागि राहत सामग्रीहरु बोकेका गाडी तथा हेलिकप्टरहरु प्रभावित बिभिन्न जिल्लामा परिचालन भएको मन्त्रालयले जनाएको छ ।